बुटवल, १७ मंसिर ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न क्यान महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा ११ औं अधिवेशनबाट माधव अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर क्षेत्री, उपाध्यक्षमा जीवन अधिकारी, सचिवमा सुरेशचन्द्र भट्टराई, कोषाध्यक्षमा सुवास घिमिरे, सहसचिवमा कमलाकुमारी बस्नेत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमेशप्रसाद घिमिरे, रघुप्रसाद खनाल, पार्वती श्रेष्ठ, सुदीप ढकाल, सुरज भट्टराई, विष्णुप्रसाद गौतम, नारायण अधिकारी, कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरुमा नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद खनाल, रामुदेव गौतम, माधव अर्याल, वीरबहादुर क्षेत्री, जीवन अधिकारी र रेश्मीराज घिमिरे निर्वाचित भएको निर्वाचन समितिका सदस्य अधिवक्ता ओमप्रसाद पंगेनीले जानकारी दिए । यस अघि साधारणसभाको उद्घाटन समारोहमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यान महासंघले अन्तर्राष्ट्रिय रुपमा सम्पर्क सम्बन्ध बढाउँदै लगिरहेको बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष हेमन्त चौरासिया, प्रदेश सचिव नारायण खनाल, पूर्व जिल्ला अध्यक्ष लोकहरि पाण्डे लगायतले बोलेका थिए ।
साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रामुदेव गौतम र आर्थिक प्रतिवेदन सुवास घिमिरेले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रामुदेव गौतमको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव जीवन अधिकारीले गरेका थिए ।