२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

निर्मल नवज्योति सुस्तमनस्थिति विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र बल्याङकेट

कमला परियार / अर्घाखाँची ।
समावेशी विकासका लागि रुपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान भन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

May be an image of 8 people, people sitting, people standing and outdoorsदिवसको अवसरमा जिल्लाको सदरमुकाम सन्धिखर्क वडा न. १ मा रहेको श्री निर्मल नवज्योति सुस्तमनस्थिति विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र बल्याङकेट वितरण गरिएको छ । कार्यक्रम सन्धिखर्क १ वडा अध्यक्ष माधव कुमार श्रेष्ठको अध्यक्षता र सन्धिखर्क नगरपालिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख मिश्र आचार्य र वडा न. ४ का वडा अध्यक्ष रिसव अधिकारि, ६ का वडा अध्यक्ष श्रीधर महत्रा ,९ का वडा अध्यक्ष पदम क्षेत्री, विद्यालयका प्रधानाध्याप कमला भुषाल लगायतको उपस्थितिमा विद्यार्थीहरूलाई न्यानो कपडा र बलाङकेट वितरण गरिएको हो ।

May be an image of 11 people, people standing, tree and outdoors

कार्यक्रममा बोल्ने बत्ताहरुले अबका दिनहरुमा अपाङ्ग भएको बालबालिकाहरुलाई अपाङ्ग मैत्री भवन आवश्यकता देखिएकाले सोहि अनुरुपका योजनालाई प्राथमिकतामा राखेर योजना निर्माणको आवस्यकता रहेको उल्लेख गरेका छन् ।कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय अपांग महासँघ लुम्विनी प्रदेश सचिवालय सदस्य कमला परियार र महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा सन्धिखकका प्रमुख बेलकुमारी परियारको संचालनमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विद्यार्थी सहित उहाँहरुका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

May be an image of 5 people, people sitting, people standing, tree and outdoors

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार