२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कृषि परियोजना अर्घाखाँचीले गरायो सुन्तला कृषकको अन्तरपालिका भ्रमण”

अर्घाखाँची जिल्लामा व्यवसायीक रुपमा सुन्तला खेतीमा लागेका छत्रदेव, मालारानी र भुमिकास्थानका कृषकहरुले पाणिनी–१ पणेनाको सिम्लेमा भ्रमण गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीको आयोजनामा भएको अन्तरपालिका भ्रमणमा सिम्लेको सुन्तला बगैँचा, नसरी, सुन्तलाको बजार क्षेत्रका विषयमा अध्ययन गरेका छन् । सिम्ले सुन्तला खेतीका लागी अर्घाखाँचीकै पकड क्षेत्र मानिएको छ ।

भ्रमण तथा अनुगमनमा सहभागी जिल्ला समन्वय समितीका प्रमुख जिवनाराण कोईरालाले सिम्ले सुन्तला खेतीको पकड क्षेत्र भएकाले कृषकलाई थप आत्मनिर्भर बनाउँन समन्वय समितीले पहल गर्ने बताए ।

एउटा पालिकाबाट अर्को पालिकामा कृषकलाई भ्रमण गराउँदा कृषकमा सिकाई सँगै उत्पादनमा वृद्धि पुग्ने अपेक्षाले भ्रमणको आयोजना गरिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए । पाण्डेले भने ‘अर्घाखाँचीमा सुन्तला उत्पादन राम्रो छ, कृषकहरु आत्मनिर्भर बनेका छन्, सुन्तला खेतीको विस्तारका लागी प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई मार्फत कृषकको माग अनुसार सहयोग गर्दै आएका छौँ ।

भ्रमण तथा सिकाईका लागी करिब ३० जना अगुवा कृषकको सहभागीता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नुमलाल पन्थी, कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डे, वडा नं. १ का वडा अध्यक्ष कमलप्रसाद पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार