दाङ ।
लुम्बिनी प्रदेशको राजधानी दाङ स्थानान्तरणको काम दुर्त गतिमा शुरु भएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।
प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी प्रदेश राजधानी अस्थाई मुकाम बुटवलबाट स्थाई राजधानी दाङको राप्ती उपत्यकामा सार्न लागिएको हो ।
मंसिर महिनाभित्र प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रिपरिषद्का कार्यालयहरु बुटवलबाट दाङको राप्ती उपत्यकामा ल्याइ सक्ने र नवनिर्वाचित सांसदहरुलाई दाङको प्रदेश सभा भवनमा शथप ग्रहण समेत गराउँने गरी प्रदेश सरकारले तयारी थालेको हो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अन्य मन्त्रालय सार्न पूर्वाधार तयार गर्ने काम गरिरहेको छ । राप्ती गाउँपालिकाको लालमटियामा अवस्थित राप्ती प्राविधिक कलेजमा प्रदेश राजधानीका मन्त्रालय राख्ने गरी सबै पूर्वाधार तयार तथा व्यवास्थापनको काम भइरहेको छ ।
प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार त्यसपछि क्रमश अन्य मन्त्रालयहरु पनि स्थानान्तरण गर्ने तयारी छ ।
शिक्षालयका पुराना भवन मर्मत गरेर मन्त्रालय र अन्य कार्यालयहरूको लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ’ कार्यकारी निर्देशक छविराज पोख्रेलले भने, ‘केही दिनभित्र सबै कार्यालयहरू तयार भइसक्नेछ ।’ उनले शिक्षालयका पुराना भवनमा रंगरोगन, भवन भित्र र बाहिरको सरसफाई, सभाहल निर्माण लगायतको आन्तिरक कामहरु भइरहेको बताए ।
करिब १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी सानारठूला भवनहरु छन् । यही परिसर भित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गर्न लागेको हो ।
पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रशासनिक परिसरभित्र प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरु रहनेछन् । मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित ८ वटा मन्त्रालय यहाँ राख्ने तयारी छ । अन्य भने मन्त्रालय भने बाहिर राखिने छन्
लुम्बिनी प्रदेशको राजधानी दाङ स्थानान्तरणको काम तीव्र
तपाईको प्रतिक्रिया