१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

सन्धिखर्क गोरूसिङे सडक र अर्घाखाँची अस्पताल पहिलो प्राथमिक नवनिर्वाचित प्रतिनिधि

सन्धिखर्क / अर्घाखाँची
सन्धिखर्क गोरूसिङे सडकको स्त्तर उन्नति गर्ने नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरू पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
उधोग वाणिज्य अर्घाखाँचीले जिल्लाका नवनिर्वाचित प्रतिनिधि सँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी,प्रदेश सभा सदस्य द्वय चेतनारायण आर्चाय,रामजि प्रसाद घिमिरेले अर्घाखाँची रहेको एक मात्र जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन यहि कार्यकालमा सम्पन्न गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो ।
कार्यक्रम जिल्ला अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता र महासचिव तुल्सिराम खनालको सञ्चालन र निवर्तमान अध्यक्ष युवराज श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार