अर्घाखाँची । कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) FEDERATION OF COMPUTER ASSOCIATION OF NEPAL (CAN) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । दोस्रो बार्षिक साधारण सभा कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको हो । सधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ भने ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिव प्रकाश भुसाल, सह–सचिव दिपक अधिकारी, कोषाध्यक्ष ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाल रहनुभएको छ । साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनार सल्लाहाकार समितिका चयन गरेको छ ।
प्रधान सम्पादक : माधव बेल्वासे
निर्देशक : राम खड्का
सम्पादक : प्रकाश प्युठानी
कार्यकारी सम्पादक : गोमा पौडेल
बरिस्ठ सम्वादाता : शिवराज बेल्वासे
धार्मिक तथा पर्यटन ब्युरो प्रमुख : माधव पौडेल
सम्वाददाता : अनिल नेपाली, कमला परियार,
प्रतीक्षा बेल्वासे
सल्लाहकार : हरि प्रसाद भुसाल,
हिम जि.सि. लेकाली