डिआरजी सुमन धातिवाङ
विहिवार, २२ मंसिर २०७९ ।
अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिका वडा नं. ६ धातिवाङ स्थित श्यामलाल कृषि तथा मौरिपालन फ़र्ममा यतिवेला लाखौको विउ आलु उत्पादन भईरहेको छ । पाणिनि गाँउपालिकामै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेगरी विगत तीन वर्षदेखी आलुवीउ उत्पादनलाई नै प्राथमिकतामा राखेर पेशागत कृषि प्रणालीमा लागेको श्यामलाल कृषि तथा मौरीपालन फ़र्मका प्रोप्राईटर श्यामलाल पौडेलले वताउनु भएको छ ।
पाणिनि गाँउ पालिका ६ धातिवाङको जिमिरेमा २१ ओटा अस्थायी टनेल र १ स्थायी टनेल निर्माण गरी व्यावसायिक कृषि पेशासुरुगरेका पौडेललाई यतिवेला स्थानीय सरकार र कृषि ज्ञान केन्द्र अर्घाखाँचीले समेत सपोट गरेको छ ।
पाणिनि गाँउ पालिकामा उदाहरणीय कार्य गर्नेगरी वीउ आलु उत्पादमा लागेका पौडेलले गत वर्ष ४२ क्वीनटल आलु भैरहवा स्थितचिस्यान केन्द्रमा पुग्याएका पौडेलले यसवर्ष १२५ क्लवीट लक्ष्य विउ उत्पादन गर्नेगरी योजना वनाएको वताउनु भएको छ ।
पाणिनि गाँउपालिका को ५० प्रतिशत अनुदान र व्याक्तिगत ५० प्रतिशत लगानीमा संचालन गरिएको आलुविउ उत्पादन कार्यक्रमलाई आगामी वर्षमा पाणिनि गाँउपालिकालाई आवश्यक आलुविउ उत्पादन गरी पाणिनि गाँउ पालिकालाई आलु विउ उत्पादनको क्षेत्रमा आत्मनिर्भर वनाउने लक्ष्यमा लागेको वताउनु भएको छ । पाणिनि गाँउपालिका ६ धातिवाङ स्थित वाँझो जग्गा लिजमा लिएर संचालनमा आएको कृषिफ़र्मवाट कामदारको अभावमा पनि उत्पादनमा ह्रास आएको छैन ।
कृषि पेशा अवलम्बन गरी स्वरोज़गार वन्न चाहाने युवाहरुको लागी फुलटाईम र पार्ट टाईम रोज़गारको पनि अवसर रहेको फर्मका संचालनक पौडेलले वताउनु भएको छ ।