१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

सडक दुर्घटनामा परि अर्घाखाँचीका १७ बर्षीय युबकको मृत्यु

कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा भएको सडक दुर्घटनामा अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भिर घाईते भएका खनाललाई  थप उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल  सामान्य घाईते भएका छन । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

भित्री बाटोमा मुख्य राजमार्गमा प्रवेश गर्न लाग्दाँ ट्रकले स्कुटरलाई ठक्कर दिदाँ घटना भएको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार