२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँची : सादा पोषाकमा खटिएका प्रहरी हौं भनि अबैध गतिविधि गर्ने ब्यक्ति पक्राउ 

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट २ जना पक्राउ परेका छन् । आफुहरुलाई सादा पोशाकमा खटिएका प्रहरि बताउदै स्थानियब्यापारिहरुहरुलाई डर त्रास फैलाएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले बताएको छ ।
प्रहरिका अनुसार हिजो मंसिर २२ गते बिहान ६ बजेको समयमा अर्घाखाँची जिल्ला सन्धिखर्क न.पा. १ बसपार्क क्षेत्रमा ति ब्यात्तिहरुले “ हामी नेपाल प्रहरीका सादा पोषाकमा खटिएका प्रहरी हौं” भन्दै मादक पदार्थ समेत सेवन गरी बसपार्क वरपरका होटल तथा पसल हरुमा चेकजाच गर्ने ,स्थानिय व्यक्तीहरुलाई डर त्रासमा पारी गाली गलौज तथा अभद्र व्यबहार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरि कार्यालयबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी समक्ष अभद्र ब्यबहार गरेको बताईएको छ । उनिहरुलाई २२ गते नै तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरि आज शुक्रबार अर्थात मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालीकाका ३५ वर्षिय बाबुराम पौडेल र मालारानी गाउँपालिकाका अन्दाजि २० वर्षिय दिपक के.सी. रहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार