अर्घाखाँचीमा कार दुर्घटना, पाँच जना घाइते

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको वडा न.२ सीतापुरको झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
तनहुँको आबुखैरेनीबाट अर्घाखाँचीको धार्मिक पर्यटकिय महत्व बोकेको सुपा देउराली मन्दिर दर्शन गर्न आउदै गरेका तिर्थालुहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार