४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

मृगौला पीडित बालकलाई बचाइदिन परिवारले अपिल

हरि कुँवर, अर्घाखाँची ।
मृगौला रोगले पीडित बालक लाई बचाउन परिवारले अपिल गरेको छ ।

अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी निवासी गुमान बहादुर चौहानका छोरा मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेको छ । १४ वर्षीया विनोद चौहानको मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् ।

गुनमान रोजगारीको शिलशिलामा भारतमा विगत ७-८ बर्ष देखि बेपत्ता रहेकोले परिवारको आर्थिक अवस्था कम्जोर भएपछि जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न सम्म समस्या देखिएको परिवारश्रोतले बताएको छ । हाल कान्तिबाल अस्पताल काठमाडौंमा उपचाररत छन् । डाक्टरका अनुसार उपचार चलिरहेको र खर्च धेरै लाग्ने संभावना रहेको बताएका हुन ।

मृगौला प्रत्यारोपण गर्नका लागि करिब २०/२२ लाख रुपैयाँ लाग्ने भन्दै सहयोगमा जुट्न उदीयमान जनजागृति क्लब बाँगीले आग्रह गरेको छ ।

सहयोगको लागी :
Nanda Kumari Chauhan मेघा बैंकको खाता नम्बर 3090050025005

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार