अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
छत्रदेव गाउँपालिका वार्ड नं १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बल बहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साझ झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिनुभएको छ । ।
प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुईमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिईन ।
सार्की दाम्पतिले झगडा हुनु पहिला रक्सी सेवन गरेका थिए ।लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ।
अर्घाखाँची : आफ्नै श्रीमानको हत्या महिला पक्राउ

तपाईको प्रतिक्रिया