११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीमा नयाँ कार्य समिति चयन

सन्धिखर्क ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा तेजेन्द्र शमशेर पाण्डे, सागर परियार र वन्दना चौहान चयन भएका छन् ।

सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र उपकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर बिक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रञ्जन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार