१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी,सम्बन्धित नियकाहरु मुखदर्शक

नवलपरासी ।
पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ ।
जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ ।

तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् ।
जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मिस्कट, भस्कट निकाली बिक्री वितरण गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।

जिल्लाका नदीहरुमा यसरी व्यापक रुपमा अवैध उत्खनन भैरहे पनि नत प्रहरी प्रशासनले रोकेको छ नत जिल्ला समन्वय र पालिकाहरुले नै रोकछेक गरेका छन् ।

खोला तस्करहरु नदीबाट दिनहुँ सोझै करिब १०० ट्राली नदीजन्य पदार्थ निकाली बिक्री वितरण गरिरहेका छन् ।

अधिकांश खोला तस्करहरुले निकाले अवैध पदार्थ ठाउँठाउँमा स्टक गरि चाँग पनि लगाएका छन्, तर यस्तालाई नियमन गर्ने ठाउँमा सम्बन्धित नियकाहरु मुखदर्शक बनि तमासा देखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार