२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

पाणिनि -५,अमजामा दुग्ध सङ्कलन केन्द्र सन्चालनमा

अर्घाखाँची । श्री मालिका बहुउद्देश्यीय दुग्ध उत्पादक कृषकसमुहले पाणिनि ५ तल्ला अमजामा दुग्ध सङ्कलन केन्द्र सन्चालनमा ल्याएकाे छ ।पाणिनि ५ वार्ड सदस्य धनसिङ सुर्यवशिको प्रमुख आतिथ्यतामा उद्घाटन भएकाे छ । किसानले व्यवसायिक रुपमा पशुपालन गरि दैनिक अाय भै किसानकाे जिवनस्तर उकास्न यस कार्यले अझ मद्वत पुग्ने समुहका अध्यक्ष रामप्रसाद घिमिरेले वताउनु भयाे ।हाल यहा उत्पादित अदुवा ,तरकारि तथा दुग्ध जन्य वस्तुकाे उचित वजार व्यवस्थापन गर्न स्थानिय तह तथा प्रदेशवाट समेत किसानका लागि प्राेत्साहन गर्न सके अागामि दिनमा गाउ आर्थिक रुपमा आत्म निर्भर हुने छ ।

युवा वेराेजगारि अव स्वराेगारिका रुपमा परिणत हुनेछन ।अव मसिना लहरेधारा अमजा कुडापनि हुदै सालझण्डि नियमित रुपमा गाडि चल्नेछन ।जसवाट स्थानिय उत्पादन सजिलै वजार सम्म पुग्ने छ । देउराली छुर्पी उद्योगको प्राविधिक सहयाेगमा याे दुध्द केन्द्र स्थापना गरिएकाे छ ।अहिले पनि यहा ३ फेजकाे विधुत नभएकाे र वाटाे गुणस्तरिय छैन ।

वर्षायाममा याे उत्पादन लैजान चुनाैति छ ।यस विषयमा स्थानिय तह तथा प्रदेशवाट आवश्यक सहयाेगकाे अपेक्षा गरेकाे स्थानिय किसान वताउछन ।आवश्यक सहयाेगका लागि जनप्रतिनिधि सङ्ग माग राखिएकाे छ ।समयमै यस विषयमा ध्यानपुर्याई उत्पादनका आधारमा अनुदान तथा किसान केन्द्रित याेजना र वजेटकाे व्यवस्था हुनेमा स्थानिय किसान विस्वस्त रहेका स्थानीय समाजसेवी युबा भविन्द्र घिमिरेले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार