२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

शिवमदन मा बि अड्गुरी ले मनायो ५२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

प्रकाश प्युठानि पौष १
पाणिनी गाउँपालिका वडा न ७ अड्गुरी सतिनेटामा रहेको श्री शिवमदन माध्यमिक बिधालयले ५२ औ बार्षिकउत्सव मनाएको छ ।


साथै अनिवार्य अवकाश हुनु भएका शिक्षक रामराज पन्थी लाई बिदाइ गरेको छ एता रास्टृय परिक्षा बोर्ड को कक्षा १२को परिक्षा मा पाणिनी गाउपालिका मै उत्कृष्ट भएको थियो । बिद्यालय ले कक्षा १२ मा अध्यापन गराउनुहुने शिक्षक हरु लाई समेत सम्मान गरेको थियो ।

यस्ता कार्यक्रमले अझै आगामी दिनहरुमा उर्जा थप्ने कुरा प्रधानाध्यापक राजेन्द्र पौडेलले बताउनु भयो । कार्यक्रममा पबित्रादेबि छात्रवृत्तिबाट जिल्लामा कक्षा १२ मा जिल्ला प्रथम हुने बाबुराम अधिकारी जनज्योति माध्यमिक बिधालयका बिध्यार्थी लाई रु. दस हजार, कक्षा १२ बिद्यालय प्रथम हुने हिमाल थापा लाई रु. आठ हजार साथै see मा बिद्यालय बाट प्रथम हुने शोभा सुनारलाई सात हजार पबित्रा देबि छात्रवृत्ति प्रदान गरिएको थियो ।

उक्त छात्रवृत्ति प्रा. डा. मोहन पन्थी तथा डा.  सुदन पन्थीले उपलब्ध गराउदै आउनु भएको छ ।  गोदार माता पिता अक्षय कोष बाट कक्षा ८ प्रथम प्राबिधिक प्रथम र अनुसासित विद्यार्थी लाई गोदार मातापिता छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसै गरि ज्ञनहरी छात्रवृत्ति कक्षा ११ का ब्यबस्थापन तर्फ उत्कृष्ट बिध्यार्थी लाई दिइएको थियो । कार्यक्रमको अध्यक्ष बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेलको रहेको थियो भने प्रमुख अतिथि पाणिनी गाउपालिका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी रहेको कार्यक्रमको बिशिस्ट अतिथी मान बहादुर घले, मेघ बहादुर गोदार, रामराज पन्थी रहनुभएको थियो ।
कार्यक्रमका अतिथिहरुमा तुल्सी पौडेल, रुद्र महत्रा, पदम महत्रा, मनिराम आचार्य, बिनोद खड्का लगायत बि. ब्या.स. पधादिकारी शिक्षक अभिभावक सङ का पधादिकारी शिक्षक अभिभावक बिध्यार्थीको उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कृष्ण प्रसाद खनालले राख्नु भएको थियो भने बिद्यालय को बार्षिक प्रतिबेद तथा आय ब्याय बिद्यालय का प्र अ राजेन्द्र पौडेल ले दिनु भएको थियो ।

कार्यक्रम मा शुभकामना मन्तव्य अतिथी तुल्सी पौडेल ले राख्नु भएको थियो पौडेल ले बिद्यालय को प्रगती को लागि गर्नु पर्ने सहयोग मा आफू पछि नहट्ने बताउनु भएको छ त्यसै गरि प्रमुख अतिथी समेत रहनु भएका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी ले शुभकामना मन्तव्य राख्दै एस बिद्यालय को भौतिक आर्थिक कुनै पनि सहयोग स्थानीय तह बाट हुने सबै मा आफुले गर्न सकिने कुरा मा आफू पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको थियो साथै कार्यक्रम मा शिक्षक गुनानिधी न्यौपाने को कबिता र शिक्षक बाबुराम पाण्डे को गजल र विद्यार्थी हरु को गित तथा नृत्य ले कार्यक्रम रोचक कार्यक्रम शिक्षक सीता बन्जाडेलको संचालकमा भएको थियो।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार