१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १५ औं साधारण सभा

माधव बेल्वासे / पौष १,अर्घाखाँची ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १५ औं साधारण सभा आज जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासङ्घ नेपालका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,राधा नेपाली , लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरि, जिल्ला समन्वय समिती अध्यक्ष जिवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी सहित विभिन्न कार्यालयका प्रमुखहरु, जिल्लाका पालिका प्रमुख तथा राजनैतिक दलहरूका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै महासंघ अर्घाखाँचीका पुर्व अध्यक्षहरु निम बहादुर रिजाल, शोभाखर पन्थी, हिम जि.सि. लेकाली लगायतले पत्रकारिताको मर्म अनुरुप कर्म गर्न नसक्दा सिङ्गो पत्रकारिता जगत आलोचित हुनु परेको तर्फ सचेत रहन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनैतिक दलका नेतृत्व तहका ब्याक्तीहरुनै महासंघका सदस्य हुनु दु:खद भएको भन्दै पत्रकारको नंया परिभाषा भएको भए सार्वजनिक गर्न अन्यथा निर्मम बनेर सदस्यता नविकरण आवस्यकताको आधारमा मात्र गर्न अनुरोध गरेका थिए ।
सभाले आजै सचिव बिनोद गैरेले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्रमणी भुसालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सम्सोधन सहित सर्वसम्मत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार