दाङ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरकी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको अधिकांश भाग जलेको थियो ।
खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

