२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँची – काठमाण्डौ सम्पर्क मन्चको जिल्लाका नव निर्वाचित सांसदलाई वधाई तथा धन्यवाद

काठमाण्डौ
अर्घाखाँची – काठमाण्डौ सम्पर्क मन्चले जिल्लाका नव निर्वाचित सासद सँग वधाई तथा धन्यवाद साटासाट कार्यक्रम सम्पन्न गरेको छ । नव निर्वाचित प्रतिनिधि सभा सासद टोपवहादुर रायमाझिले जिल्लाको विकासमा कुनै कसर नराख्ने वताउनु भएको छ । जिल्लाका महत्वपुर्ण गौरवका आयोजना गारुसिङ्गे सन्धिखर्क मोटरवाटो ,सालझण्डि ढोरपाटन मोटरवाटो ,नौमुरे विधुत आयोजना ,सुपादेउरालि -पाणिनि तपोभुमि पदमार्ग ,कृर्षिमा आधुनिकरण तथा वजार व्यवस्थापन ,उधोगको स्थापना ,रोजगारि तथा स्वरोजगारि श्रृजना गरि युवाहरुको भावनाअनुसार विकास मोडल अपनाउने प्रतिवद्वता जनाउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद चेतनारायण आचार्यले जिल्लावासिलाई पछुतो हुने गरि कुनै काम नगर्ने र अर्घाखाँचिलाई नमुना जिल्ला वनाउन लागि पर्ने प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रामजि प्रसाद घिमिरेले आज हाम्रो विजयले थप जिम्मेवारि सुम्पिदै दाहित्व वढेको वताउनु भयो ।उहाले अव खास गरि तिन विषयमा आफु केन्द्रित रहेने वताउनुभयो ।पहिलो (जिल्लामा सन्चालत अधुरा आयोजना पुरा गर्ने ,दोस्रो विकास र समृद्वि लाई थप उचाईमा लाने जसका लागि जनताको जिवन स्तर सुधार गर्ने कार्यक्रम मा ध्यान दिने ,तेस्रो विकास र समृद्वि मार्फत सङ्गठन लाई चुस्त वनाउदै अर्घाखाँचि एमाले निर्विकल्प शक्तिका रुपमा विकास गर्ने काममा जुट्ने वताउनु भयो ।
कार्यक्रममा विभिन्न पेशगत सङ्गठनका नेता ,जनसङ्गठनका नेताको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पर्क मन्चका अध्यक्ष विशाल मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार