४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला भेटिए

पाल्पा ।
पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् ।

तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अहिलेसम्म ३०० गोला फेला परेका छन् ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।

नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ ।

फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार