३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

अर्घाखाँची सहित तिन जिल्ला लाई विषेश सम्मान

माधव बेल्वासे / अर्घाखाँची ।
नेकपा (एमाले) ले अर्घाखाँची सहित देशका ३ वटा जिल्लालाई उत्कृष्ट जिल्ला घोंषणा गरेको छ । जिल्लाको संगठन मजबुत बनाएको, प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा सबै उम्मेद्वार विजयी बनाएको भन्दै उत्कृष्ट जिल्लाको रूपमा नेकपा एमाले अर्घाखाँची छनौट भएको एमालेले जनाएको छ ।

नेकपा एमाले केन्द्रिय कार्यालयले काठमान्डौमा आयोजना गरेको ‘नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी विशेष कार्यक्रम’ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्घाखाँचीको नेतृत्व बधाई सहित सम्मान प्रदान गरेका छन् । एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले लाइ उक्त सम्मान ग्रहण गरेका छन् ।

अर्घाखाँची सहित धनकुटा र पर्वत जिल्ला ‘क्लीन स्विप’ गराएकोमा जिलाका नेतृत्वहरु सम्मानित भएका छन् । यस्तै सोलुखुम्बुमा आजसम्म आफ्नो पक्षमा नतिजा आउन नसकेकोमा यस पटक केही सांसदले जितेकामा सोलुखुम्बु जिल्ला कमिटि पनि पुरस्कृत हुनेमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार