६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

बामपंथी आन्दोलनको अगुवा तथा निडर महिला नेतृ यमुना भुसालको निधन

न्युज संवाददाता / अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर निवासी बामपंथी आन्दोलनको अगुवा तथा निडर महिला नेतृ यमुना भुसालको उपचारको क्रममा निधन भएको छ ।

अकस्मात् बिमारी भएपछि काठमाण्डौंको न्युरो अस्पताल बासबारीमा उपचारको क्रममा गएराति भुसालको ५४ बर्षको अल्पायुमै निधन भएको हो ।

उहाँ पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सदस्य एवम् अर्घाखाँची जिल्ला सह इन्चार्जमा रहेर जिम्मेवारी संहाल्दै आउनुभएको थियो ।

लामो समय नेकपा (मसाल) को महिला संगठनको केन्द्रिय समिती हुदै बामपंथि पाटिहरुको विभिन्न जिम्वेवारि कुशलतापुर्वक निर्वाह गर्नुभएका भुषालको आजै दिउँसो बजे पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

महिला नेतृ यमुना भुसालको निधनले अर्घाखाँची शोकमा डुबेको छ । जिल्लाबासीहरुले सामाजिक सन्जाल मार्फत अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उहाँको निधनमा विभिन्न पार्टिका नेता तथा सामाजिक ब्याक्तितवहरुको श्रदान्जली अर्पण गरेका छन् । उनिहरुको जिल्लाको कम्न्युष्ट आन्दोलनमा ठुलो धक्का महशुस गरेको उललेख समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार