२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

पाल्पामा ५ महिनामा राहदानी वितरणबाट साढे दुई करोड बढी राजस्व सङ्कलन

पाल्पा ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले चालु आर्थिक वर्षको ५ महिनामा राहदानी वितरणबाट साढे दुई करोड बढी राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५०० राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।

राहदानीको सिफारिसबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञेश्वर पन्थीले जानकारी दिए ।

उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नाबालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ ।

पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन कार्यालयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ । जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि अहिले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार