२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

टिकटक बाट पनि सम्भव छ सामाजिक कार्य

कमला परियार/ प्रकाश प्युठानी
अर्घाखाँची ।

टिकटकबाट पनि समाजसेवा र सामाजिक कार्य सम्भव हुदोरहेछ । विभिन्न पिडामा मलम लगाउदै आएको स्टार नेपाल टिकटक टिम द्धारा संकलित रकमबाट आज आईतवार जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा केहि जिन्सी सामान बितरण गरिएको छ ।
पाणिनी न्युज डट कम.को टिम आज विद्यालयमा पुगेर विद्यालयलाई आवस्यक केहि भान्सामा प्रयोग हुने सामग्री प्रधानाध्यापक कमला भुषाललाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
विद्यालयमै बस्ने विद्यार्थीहरुलाई खाना पकाउन आवस्यक भएका विभिन्न भाडाहरु कुकर,डेक्चि,कराई, कचौरा र केहि थान सानो ब्लांकेट लगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । स्टार नेपाल टिकटक टिमका मुख्य अभियान्ता हरि पाण्डेको पहलमा भि.डि.सि.कोहिनुरको असमाहिक निधन भएपछि उहाँको सम्झनामा ति सामग्री हस्तारण गरिएको छ ।
यसरि सहयोगमा जोडिनु भएका सहयागि हातहरुमा अभियान्ता हरि पाण्डे सहित चादनी गिरि,अम्बिका शेर्पा,मिना कड्रिया,बिरहिप्रेम,सरिता केसि.,सरस्वति पाण्डे,संगिता ठकुरी,राधिका आचार्य,सन्तोष सोमै,पुनम राई,बिन्दु सावत,दिया चौहान,संगिता केसि. पौडेल,र माया ढुंगाना रहनुभएको थियो ।
सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कमला भुषालले सामाजिक संजालको सदुपयोगबाट पनि सामाजिक कार्यको उदाहरण दिदै बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई गर्नुभएको सहयोगका लागि धन्यावाद दिदै निरन्तर सामाजिक कार्यमा लाग्न अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण पाणिनी न्युज डट.कम.का प्रधान सम्पादक माधव बेल्वासेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार