२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

कांग्रेस लुम्बिनी प्रदेशको बैठक :अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी भएको ठहर

बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी भएको ठहर गरेको छ ।

सोमबार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा बसेको बैठकले नेतृत्वको अदूरदर्शिताका कारण पार्टीले राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएको ठहर गरेको छ ।

बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ ।

संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार