२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

लोसपा लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

भैरहवा ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् ।

सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन चयन भएका छन् ।

त्यसै गरी संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी. चयन चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् ।

लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीन जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार