२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।

‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ । डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

बुटवल स्थित टेलिकम कार्यालय अगाडिबाट सुन सहित पक्राउ परेका किसन बिकसँग उनले ‘घुस’ लिएको आरोप छ ।

किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाल सुन फिर्ता गरे बापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार