२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन गर्न शुरु

कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन गर्न थालेको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरान खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेर सकारात्मक कामको थालनी गरेको हो ।

नगर प्रमुख सुदीप पौडेलको सक्रियतामा नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाईगोरुको व्यवस्थापन थालिएको हो ।

तौलिहवा र आसपासका छाडा गाईगोरुको व्यवस्थापन थालिएको नगर प्रमुख पौडेलले बताए ।

वरपर तारजाली लगाएर कान्जि हाउस निमार्ण गरी हालका लागि उक्त काम गरिएको उनले बताए । पछि व्यवस्थित रुपमा गाईगोरुको व्यवस्थापन गरिने र हालका लागि यहीँ व्यवस्थापन गरिएको उनले बताए ।

छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार