२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान (विज्ञप्ती सहित)

दाङ ।
लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमवार दिउँसो एक बजे अधिवेशन आह्वान गरेका हुन्।

पहिलो अधिवेशन स्थायी राजधानी राप्ती उपत्यकामा आह्वान गरिएको हो । प्रदेश सभाको नवनिर्मित भवनमा अधिवेशन बस्नेछ। यस्तै प्रदेश सभा सदस्यको शपथग्रहण पुस १७ गते गरिने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार पुस १७ गते दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको नयाँ भवनमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथग्रहण राखिएको हो ।

अधिवेशन बस्नुअघि नै शपथग्रहण गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ।

सोही आधारमा अधिवेशनको अघिल्लो दिन पुस १७ गते शपथग्रहण तोकिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। १६ गते शपथग्रहण राख्ने तयारी गरिए पनि शनिवार परेकाले एक दिन पछि सारिएको हो।

हेर्नुहोस् विज्ञप्ती :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार