अर्घाखाँची । “अर्घाखाँची जिल्लामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार स्थानीय निकायमा पनि सम्बोधन हुन्छ ”
अर्घाखाँचीमा क्रियाशिल अपाङ्गता भएका ब्याक्तिहरुको हक अधिकारका लागि खुलेका संघ सस्थाहरुको संयुक्त आयोजनामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, लुम्बिनी प्रदेशमा नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।
आजै अर्घाखाँची जिल्लामा राष्ट्रिय अपाङ्गता महासंघ नेपाल जिल्ला कार्यसमिति गठन पनि गरिएको छ ।
सस्थाको आयोजनामा आज वनभाेज कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त कार्यक्रम देउराली अपाङ्गता उत्थान समाज अर्घाखाँचीका अध्यक्ष श्री तारापती क्षेत्रीको अध्यक्षता, अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यमा,स्वागत बिष्णु प्रसाद भट्टराई र साबित्रा के.सि.को सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पाणिनी न्युज डट. कम.का सम्वाददाता कमला परियार सहितका ब्याक्तीहरु सम्मानित हुनुभएको छ ।
यसरि सम्मानित हुनेहरुमा रा.अ.महा.स.संघिय नवनिर्वाचित अध्यक्ष देबिदत्त आचार्य,संघिय अनुशासन संयोजक देबि बहादुर पोख्रेल,साबित्रा घिमिरे , शिला घिमिरे निर्वातमान संघिय अध्यक्ष मित्रलाल शर्मा रा.अ.महा.स.लु. प्रदेश संघिय अध्यक्ष हुमनाथ अधिकारी, संचिव सन्तोष पन्थी, काेषाध्यक्ष अजय शर्मा संचिवालय सदस्य कमला परियार सदस्य साबित्रा के.सि र रा.अ.महा.स.लु प्रदेश ब्यवस्थापक गोमा पन्थी रहनु भएको छ ।
उहाँहरुलाइ प्रशंसा पत्रसहित सम्मान गरिएको हो । कार्यक्रमले अर्घाखाँची जिल्लामा रा.अ.महा.स जिल्ला कार्यसमिति देउराली अपाङ्गता उत्थान समाज अर्घाखाँचीका तारापती क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन पनि गरिएको हो ।