१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

नमुना बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा नया नेतृत्व : अध्यक्षमा भुसाल सर्वसम्मत

माधव बेल्वासे / प्रकाश प्युठानी ,अड्गुरि
नमुना बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १९ औं साधारण सभाले सुर्य प्रसाद भुसालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नव निर्वाचित पदाधिकारीमा उपाध्यक्ष मिना श्रेष्ठ, सचीव तुल्सिराम पौडेल, कोषाध्यक्ष भुवानिशङ्कर अधिकारी , सह सचिव बेदुराम घिमिरे लगायत रहनु भएको छ ।
यस्तै सदस्यहरुमा पदम महत्रा, राधा महत्रा, कासिराम पोख्रेल , नीर बहादुर थापा, बिमल अर्याल , ओमकला कुवर रहनु भएको छ।
यस्तै सभाले आजै लेखा समिती सम्योजकमा राजेन्द्र पौडेललाई सर्वसम्मत चयन गरेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले आजै पद तथा गोपनियताको सफत लिनुभएको छ ।
निर्वाचीत टिमलाइ गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने , जिल्ला समन्वय समिती सदस्य कमल प्रसाद घिमिरे, वडाध्यक्षा गुनाखर अधिकारी , निवर्तमान अध्यक्ष मीन बहादुर थापा लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार