पाणिनि गाउँपालिकाको पालिमा इलाका प्रहरी चौकी भबनको सिलन्यास

प्रकाश प्युठानी / पाणिनी
अर्घाखाँची, १७ पौष
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न. ८, पालिमा इलाका प्रहरी चौकी भबनको सिलन्यास भएको छ।
पाणिनि गाउँपालिका वडा न. ८, पालिमा प्रहरी चौकी भबनको आज एक कार्यक्रमका विच सिलन्यास भएको हो । पाणिनि गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रूपमा निर्माणधिन चौकिको सिलन्यास गर्नु भएको छ।


सिलन्यास कार्यक्रममा पाणिनि गाउँपालिका वडा न.७ का वडा अध्यक्ष गुनाखर अधिकारी, वडा न. ८ का वडा अध्यक्ष रोम बहादुर पान्डे, साइड इन्जिनियर प्रनि बिमल कार्की ,जिल्ला प्रहरी कार्यालयका लेखापाल ओम खड्का , निर्माण ब्याबसायी बिजय खनाल , पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य ,जिल्ला अध्यक्ष अशोक खनाल, प्रहरी चौकि पालिका असई कृष्ण बहादुर तामाङ, कमला माध्यमिक विद्यालय पालिका प्रधानाध्यापक गोविन्दराज पन्थि लगायत तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।
संघिय सरकारको नियमित बजेट अन्तरगत कुल २ करोड ९९ लाखमा सम्झौता गरि अर्जुन बिल्डर्स कन्ट्र्क्सन प्रा.ली. गुल्मीले जिम्मा लिएको उत्त भवनको २०७९पौष ७ गते सम्झौता भइ २०८० पौष ६ सम्म सम्पन्न गरिसक्नु पर्ने गरि सम्झौता गरिएको र समयमै निर्माणकार्य सम्पन्न गरिने निर्माण ब्याबसायी बिजय खनालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार