१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

लुम्बिनी प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

रुपन्देही ।
लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराएका हुन् ।

प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने प्रचलन रहेको भएतापनि लुम्बिनी प्रदेशमा भने प्रदेश प्रमुखले नै सम्पुर्ण सभासदहरुलाई शपथ गराउने गरिएको छ ।

लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेकपा एमालेको तर्फबाट गुल्मी २ (क) बाट निर्वाचित डिल्लीराज भुसालले गर्नु हुने भएको छ । प्रदेश प्रमुखले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गर्नुभएको छ । प्रदेश सभाको पहिलो बैठक भोलि सोमवार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार