२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

सामाजिक सेवा समुह फाउन्डेसन नेपाल बुटवल शाखा द्वारा न्यानो कपडा वितरण

अविजित पन्थी / बुटवल
बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा रहेको श्री जितेश्वरी माध्यमिक विद्यालयका ३३ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ।
सामाजिक सेवा समुह फाउन्डेसन नेपाल (SSSFN) बुटवल शाखाकी सदस्य मनिषा पौडेलले स्वगत मन्तब्य राख्नु भएको थियो। प्रमुख अतिथिको रूपमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन हुम बहादुर राना रहनु भएको थियो। विशेष मन्तब्य विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीको रहेको थियो। संस्थाका सदस्य प्रविन आचार्यले संस्थाको बारेमा साथै संस्थाले गर्ने कार्यक्रम सँगै न्यानो कपडा अभियानको बारेमा प्रकाश पार्नु भएको थियो।
प्रमुख अतिथि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रानाले संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। रानाले संस्थालाई आफूले आफ्नो क्षमताले भ्याएसम्म सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।  कार्यक्रमको सञ्चालन सामाजिक सेवा फाउन्डेसन नेपाल बुटवल शाखाका सचिव मदन सम्राट पोख्रेलले गर्नुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार