१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

अर्घाखाँचीका आचार्य एमाले संसदिय दलको उपनेता चयन

माधव बेल्वासे /अर्घाखाँची
नेकपा एमाले लुम्विनी प्रदेश सभाका सदस्य चेतनारायण आचार्य संसदिय दलको उपनेतामा चयन हुनुभएको छ । आज बसेको एमाले संसदिय दलको बैठकबाट एमाले केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला सह इन्चार्ज समेत रहनुभएका आचार्य दलको उपनेतामा सर्वसम्मत चयन हुनुभएको हो । आचार्य अर्घाखाँची १ (क) बाट निर्वाचित हुनुभएको हो ।
यसैविच दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मा लगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न. २(१) बाट निर्वाचित लीला गिरीलाई संसदिय दलको नेता चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार