२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँची : गहना लुट्न महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

अर्घाखाँची ।
अर्घाखाँचीमा गहना लुट्ने उद्यश्यले एक महिलाको हत्या गरेको आरोपमा एक जना ब्यात्ति पक्राउ परेका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० स्थित सिद्धारा बोखोर स्थित जंगलमा सोहि स्थानमा बस्ने ६० वर्षकी राधा थापाको हत्या गरेको आरोपमा २३ बर्षिय भारतिय नागरिक सुशान्त सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित ब्यात्ति भारत घर भई हाल अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नंम्बर १० स्थित चोखोरकि एक महिलासंग विवाह गरि बसेका थिए ।
सुशान्तको शरिरमा रगत देखिए पछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुनको गर गहना लुट्ने उदेश्यले दूध लिन हिडेकी थापालाइ पछाडिबाट टाउकोमा ढुंगा र हसिया प्रहार गरि हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालजानाकारि गराउनुभएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।
थापाको हिजो पौष १७ गते हत्या भएको र तत्कालै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
आरोपि ब्यात्तिले महिलाका गहना लुट्ने उद्येश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरिको भनाई छ । साथै थप अनुसन्धानको लागि आज पौष १८ गते जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको को म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार