रुपन्देही ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्ली चौधरी सर्वसम्मत चुनिएका छन् ।
प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले नेता चुन्न ढिलाइ भएको बुजिएको छ । २७ जना सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् ।
दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् । उनलाई दलको नेता बनाउन कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरू लागेका थिए ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि ४ जना आकांक्षी रहेपनि चौधरीले आफुलाई दलको नेता बनाउन सके ।