३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

चिसो बढेपछि कपिलवस्तुका २ पालिकाका विद्यालय बन्द

कपिलवस्तु ।
जाडो बढेपछि कपिलवस्तु जिल्लाका २ वटा पालिकाका विद्यालय बन्द गरिएको छ। यशोधरा र सुद्धोदन गाउपालिका विद्यालय बन्द गर्ने निर्णय भएको हो।

एक सातासम्म शील लहर चले पछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको छ। यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो। आउने पुस ३० गते सम्मकालागि विद्यालयमा बिदा दिइएको यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेज बहादुर सिंहले बताउनुभएको छ ।

यशोधरा गाउपालिकामा पुस १७ देखि पुस ३० सम्म र सुद्धोदन गाउँपालिकामा पुस २० देखि पुस ३० सम्म विद्यालय बिन्द गरिएको छ। जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोदन गाउपालिका प्रमख कमलेश शरण चौधरीले बताउनुभएको छ। जाडोले गर्दा आधारभुत तहमा अध्ययन गर्ने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार