३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा अर्घाखाँचीका घिमिरेलाई जिम्मेवारी

अर्घाखाँची
विश्व हिन्दु युवा संघले अर्घाखाँचीका अनन्तप्रसाद घिमिरेलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको छ।

पछिल्लो समय हिन्दु धर्म, सस्कृति र सभ्यताका विरुद्ध चौतर्फी प्रहार भइरहेको सन्दर्भमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाइ सनातन धर्म संस्कृतिप्रति सुसूचित गराउने उद्देश्यका साथ घिमिरेलाई जिम्मेवारी दिइएको हो। ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्ष भूमि नेपाललाई विश्व शान्तिका लागि पुनः विश्व गुरु राष्ट्रका रुपमा स्थापित गराउने उद्देश्यले विश्व हिन्दु युवा संघको परिकल्पना भएको केन्द्रले जनाएको छ।

पहिलेदेखि नै सनातन धर्म,संस्कृति एवं सामाजिक विकाससग नजिक रहेका घिमिरेले अबका दिनमा अझै सशक्त र इमानदारपुर्वक काम गर्ने बताएका छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाएका घिमिरे धार्मिक सांस्कृतिक, शैक्षिक तथा समाजका विविध पक्षहरुसँग जानकार राख्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार