३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

गुल्मी
गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका -२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन् ।

घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेकी थिइन् । शवलाई अहिले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउदै गरेको प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार