२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

प्रकाश प्युठानी / पाणिनी न्युज
पाणिनी गाउँपालिका अर्घाखाँचीको आयोजनामा आज पाणिनीको वडा न. ७ झन्द्रेकमा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत स्थानिय किसानहरुका लागि एक दिने प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रम वडा न. ७ का वडा सदस्य प्रेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । स्थानिय युवा तथा किसानहरुलाई साना ब्यावसाय मार्फत कसरि उद्यमशिल बनाउदै आत्म निर्भर बनाउन सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले जानाकारि दिएको छ । लघु उद्यमशिलता कम लगानिबाट पनि गर्न सकिने भएकाले आफ्नो स्थानबाट पनि सफलता हासिल हुन सक्ने आयोजकको बुझाई रहेको छ ।

स्थानियहरुले कृषि सँग सम्वन्धित लघु ब्यावसाय गरेर सफलता पाउन बजार तथा जंगली जनावरको त्रास र आतंक प्रमुख चुनौति रहेको भन्दै विकल्प वा समाधानका लागि आग्रह गरेका थिए । स्वरोजगार बनेर बैदेसिक पलायन रोक्न पनि लघु उद्यमशिलता बृद्धि गर्न सके समाजमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिने आयोकले बताएको छ ।
कार्यक्रमको सहजिकरण डम्मर डागि,दिनेश शर्मा, कृष्ण रिजालले गर्नुभएको थियो । कार्यक्रममा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार