८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

अर्घाखाँची : लागु औषध (गाँजा) सहित एक जना पक्राउ

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १४ सिमलपानी तल्लो गाउँमा लागु औषध (गाँजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान करिव १०ः३० बजेको समयमा लागु औषधको कारोबार भइरहेको भन्ने विषेश सुचनाको आधारमा प्रहरीले भिम प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

६४ वर्षिय न्यौपानेको घरमा खानतलासी गर्दा बिचको तलामा BAHUBALI लेखेको बोरामा २ के.जी र जुटको बोरामा ३ केजी गरि ५ के.जी लागु औषध प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । प्रकाउ परेका न्यौपानेलाई लागु औषध मुद्धामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार