अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।
मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्दै रहेका मजदुर ओम प्रकाश थापाको ढुंगाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
सन्धिखर्क-११, जोगिमारे निवासी ६१ वर्षिय थापालाई काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लागेको थियो। उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको बताइएको छ ।
शव पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।