२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सरकार गठनका लागि २७ पौष सम्मको सिमा

बुटवल
लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन् ।

एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन् । तर केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन ।

एमालेले पहिलो दल भएकाले कुनै पनि हालतमा लुम्बिनी नछाड्ने गरी अगाडि बढेको छ भने माओवादीले आफ्नो आधार इलाका मानिएको क्षेत्र र स्थायी कमिटीकै सदस्य रहेका महरालाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ ।

एमालेसँग २९ र माओवादीसँग १० सांसद रहेका छन् । सत्तारुढ दलको गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्ति ४/४, जसपा र जनमतको ३/३ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार