४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

सालझण्डी ढोरपाटन सडक अन्तरगत बुढिदमारमा बस दुर्घटना , ६ जनाको मृत्यु

बुटवल ।
रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको उक्त बस खुर्साने पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटनामा परेको वडा अध्यक्ष रेम बहादुर रानाले बताए ।

मृतकहरु सबै रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेका भएको अनुमान गरिएको छ । रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार गर्न समस्या परेको बताइएको छ।

‘घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ । गाडीमा अझै पनि केही च्यापिएको अवस्थामा रहेका हुन सक्ने अनुमान पनि गरिएको छ ।

घटनामा मृत्यु हुने तथा घाइतेहरुको विवरण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार