४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

नमुना बचत तथा रिण सहकारी सस्थाको १९ औं साधारण सभा

माधव बेल्वासे / प्रकाश प्युठानि /अड्गुरी
नमुना बचत तथा ऋण तथा बचत सहकारी सस्था पाणिनी -७ अड्गुरिको १९ औं साधारण सभा शुरु भएको छ ।
७ न. वडा कार्यालयको प्राङ्गणमा शुरु भएको साधारण सभा सहकारीका अध्यक्ष मीन बहादुर थापाको अध्यक्षतामा शुरु भएको हो ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अथिती रहनु भएको छ । कार्यक्रमका बिशिस्ट अथिती जिल्ला समन्वय समिती अर्घाखाँचीका सदस्य कमल घिमिरे, वडा न. ७ का वडाध्यक्ष गुनाखर अधिकारी , वडा सदस्यहरु कल्पना बि.क.,बिन्दु घर्ती,प्रेम थापा,वडा कार्यालयका सचिव कमल न्यौपाने, अड्गुरी स्वास्थ चौकी इन्चार्ज पुनाराम भुसाल, बिधालयका प्रधानाध्यापकहरु,इलाका प्रहरी चौकी पालिका इन्चार्ज एल.बि. बि.क, स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।
सस्थाका उपाध्यक्ष कौशिला पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष तुल्सिराम पौडेलले गर्नुभएको छ ।
कार्यक्रम अहिले जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार