अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्वर ९ ढिकुरामा रहेको श्री ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयेजना गरी आफ्नो ७ औ साधारण सभा मनाएको छ।
सोहि वडामा रहेको श्री शारदा मा.वि को प्रागणमा उद्घाटन पानसमा नगरप्रमुखले बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमको संचालन संस्थाका प्रबन्धक मदन गैरेले गरेका थिए।
संचालक समितिकि सदस्य मिरा घिमिरेले स्वागत मन्तव्य राखेकि थिईन।
संस्थाकि अध्ध्यक्ष मिना भट्टराईको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख झबिलाल थापा,विशिष्ट अतिथी ९ का वडा अध्यक्ष खेमराज चुदाली रहेका थिए।
साना किसान कृषि सहकारी संस्था लि.खाँचीकोटका प्रबन्धक बिष्णु प्रसाद मरासिनी ,कृषि ज्ञान केन्द्रका अधिकृत बलराम घिमिरे ,विभिन्न सहकारीका प्रतिनीधीहरु सहित ४०० बढि शेयर सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।
साधारण सभामा आफ्ना स्व.पति ध्रुबराज घिमिरेको पुण्य स्मृतिमा साविक ढिकुरा गाविस वडा नं.०२ गैरागोठ मा रहेको कित्ता नं.३९० को जग्गा र उक्त जग्गामा रहेको २ तल्ले कच्ची भवन यस संस्थाकी शेयर सदस्य शुशिला घिमिरेले संस्थालाई निशुल्क हस्तान्तरण गरेकि छिन।
संस्थाको संचालक समितिले तयार पारेको अध्यक्षको प्रतिवेदन र चालू आ.व.को अनुमानित बजेट संस्थाका अध्यक्षले प्रस्तुत गर्दै यस आ.व.का प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए।
घर जग्गा दाता शुशिला घिमिरेलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो।