८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

निजामती कर्मचारी संगठन अर्घाखाँचीको बनभोज कार्यक्रम, आयोजक द्वारा धन्यवाद

कमला परियार / अर्घाखाँची ।
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको आयोजनामा ऐतिहासिक बृहत् बनभोज कार्यक्रम सन्धिखर्क न.पा. को बलेबाङ्गमा सम्पन्न भएको छ ।
बनभोज कार्यक्रममा नेकपा एमालेका अध्यक्ष पिताम्बर भुसाल, लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण गैरे, कुटमदिन अलि, पार्टिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रमुख कोष नियन्त्रक दिपक अधिकारी,पेशागत महासंघका केन्द्रिय सदस्य बलराम मिश्र, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप केशि, केन्द्रिय परिषद सदस्य लालमणी खनाल, CBA उपाध्यक्ष हरि डुम्रे, पेशागत महासंघ जिल्ला इन्चार्ज धुर्व केशी, प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारी, डिभिजन बन अधिकृत, सहायक बन अधिकृत सरहरु, कर्मचारी मिलन केन्द्रका अध्यक्ष सन्तोष खनाल, राष्ट्रिय कर्मचारी संगठन(निजामती) का अध्यक्ष यादब सापकोटा,पत्रकारहरुमा गणेश खनाल, शोभाखर पन्थी , वसन्त श्रेष्ठ, नवीन केशि, कमला परियार, जिल्ला कमिटिका पदाधिकारी लगायत सदस्य साथीहरु, पालिका कमिटिका अध्यक्ष लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
आयोजकले उपस्थित अथिति लगायत संगठनप्रती आबद्ध सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रममा नव आगन्तुक कर्मचारीहरुलाई संगठनको तर्फबाट स्वागत, सरुवा भै जाने संगठनका कोषाध्यक्ष शालिक गैरेलाई बिदाई, उपहार कार्यक्रम २०७९ को बिजेता पाणिनी गाउँपालिकाका IT Officer उत्तम न्यौपानेलाई उपहार स्वरुप मोवाइल हस्तान्तरण, musical chair लगायतका विभिन्न मनोरन्जनका कार्यक्रम गरि सम्पन गरिएको आयोजकले जानाकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार