१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदै

गुल्मी ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदैछ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले बिहान ११ बजे परिक्षण उडान गर्न लागेको हो।

जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ। कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते धुले परीक्षण उडान भएको थियो । २०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो ।

आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिनुभयो ।

जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी समेत आउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

उनका अनुसार आज डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार