डिआरजी सुमन / दुर्गाफाँट
सोमवार, २५ पौष ,२०७९, अर्घाखाँची ।
मुख्यमंत्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाल विकास सहजकर्ताहरुको लागी ५ दिने मन्टेश्वरी तालिम तथा शैक्षिक सामग्री निर्माण कार्यशाला पाणिनि गाँउ पालिका सभाहलमा आज देखि शुरु भएको छ ।
पौष २९ सम्म संचालन हुनेतालिमको आज एक कार्यक्रमका विच उद्धाटन जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले गर्नुभएको हो ।
प्रथम दिनको तालिम वालगीतवाट शिक्षण सिकाई क्रियाकलापवाट सुरु हुनेगरी निरन्तर कक्षाकोठा सजावटको लागी काग़ज़ वाट संभव हुने विभिन्न सामग्री निर्माण गर्ने क्रियाकलाप,गणितीय ज्ञान तथा अवधारणा विकासका लागी खाक्सी पेपर द्धारा शैक्षिक सामग्री निर्माण सम्बन्धी क्रियाकलाप, नेपाली मात्राको शैक्षिक सामग्री निर्माण सम्बन्धी क्रियाकलाप, नैतिक ज्ञान सम्बन्धितप्रार्थना,नृत्य र नमस्कार सहित कथाको माध्यम वाट शिक्षण गर्ने तरिका सम्बन्धी क्रियाकलाप गरिने भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य न्यूनतम शुल्क पर्ने तथा निःशुल्क रुपमा उपलव्ध हुने सामग्री वाट नै शिक्षण मानसिकता मार्फ़त विद्यार्थीलाईकामगर्दै खेल्दै र सिक्दै को आधारमा दिगो सिकाई गर्ने प्रयोजनका लागी यो तालिम संचालन गरिएको पाणिनी गाँउ पालिका शिक्षा युवातथा खेलकूद शाखा का अधिकृत तेज वहादुर खनालले वताउनु भएको छ । पाणिनि गाँउ पालिकामा ५ दिन सम्म संचालन रहनेतालिममा मुख्य प्रशिक्षकको रुपमा शर्मिला भूसाल र दीपिका सारु लगायतका प्रशिक्षक ले सहभागिलाई दुई समुहमा विभाजन गरीपाणिनि गाँउ पालिका भर रहेका सम्पूर्ण वाल विकास सहजकर्तालाई विभिन्न विषय प्रशिक्षण गराउनेगरी तालिम संचालित भएको छ ।
कार्यक्रममा पाणिनि गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा गौतम , प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल , शिक्षा शाखा प्रमुख तेज वहादुर खनाल, स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन विरेन्द्र गौतमले गर्नु भएको थियो ।